१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

एनपिएल क्रिकेट : नौ खेलाडी भीमदत्त नगरपालिकाबाट

एनपिएल क्रिकेट : नौ खेलाडी भीमदत्त नगरपालिकाबाट
अ अ+ अ-

महेन्द्रनगर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा कञ्चनपुरका दश जना क्रिकेटर विभिन्न टिमबाट खेल्दैछन् ।

गत वर्षको साविक उपविजेता सुदूरपश्चिम रोयल्सको नेतृत्व कञ्चनपुरको भीमदत्त नगरपालिकाका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन् ।

मुलुककै क्रिकेट खेलाडी उत्पादनमा अग्रणी स्थानमा रहेको कञ्चनपुर जिल्लामा हालसम्म सबैभन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी भीमदत्त नगरपालिकाले जन्माएको छ ।

जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी भीमदत्त नगरपालिका–८ का बासिन्दा हुन् । रोयल्सबाटै खेलिरहेका बिनो भण्डारी भीमदत्त नगरपालिका १८, हेमन्त धामी भीमदत्त नगरपालिका–६ र मिलन बोहरा भीमदत्त नगरपालिका–७ का हुन् ।

त्यसैगरी भीमदत्त नगरपालिका–१८ का भीम सार्की काठमाडौँ गोर्खाज, भीमदत्त नगरपालिका–१८ का सन्दीप जोरा लुम्बिनी लायन्स, भीमदत्त नगरपालिका–५ का किरण ठगुन्ना र आकाशचन्द पोखरा एभेन्जर्स टिमबाट मैदानमा उत्रिएका छन् भने भीमदत्त नगरपालिका–१६ का विकास आग्री र कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का आपदत्य बोहरा जनकपुर बोल्ट्सको तर्फबाट एनएपिएल खेलिरहेका छन् ।

भीमदत्त नगरपालिका कञ्चनपुरको जेठो नगरपालिका हो । “यो पटक एनपिएलमा भीमदत्त नगरपालिकाका नौ र कृष्णपुर नगरपालिकाका एक गरी दशजना खेलाडी विभिन्न टिमबाट मैदानमा छन्,” कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एवं केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले भन्नुभयो, “यो कञ्चनपुरका लागि हर्षको विषय हो ।” धेरै खेलाडी एनपिएलमा सहभागी हुँदा हर्षित भएका केन्द्रीय सदस्य चन्द कञ्चनपुरमा क्रिकेटको पूर्वाधार नहुँदा भने निराश छन् ।

एनपिएलमा सहभागी दीपेन्द्र, विनोद, सन्दीप, भीम र आकाश नेपाली सिनियर टिमबाट खेल्दै आउनुभएको छ भने आदित्य राष्ट्रिय खेलाडी हुन् । चारजना यु–१९ बाट अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गरिसकेका खेलाडी छन् ।

“राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट प्रशिक्षक पठाएको इतिहास छैन, खेल्न क्रिकेटको राम्रो ग्राउण्ड छैन तर पनि हामीले देशका लागि खेलाडी उत्पादन गरी दिँदै आएका छौँ,” चन्दले भन्नुभयो, “महेन्द्रनगरस्थित कवर्डहलमा निर्माणाधीन क्रिकेट मैदान आफै थला परेर अलपत्र अवस्थामा छ ।” उहाँले विगतमा रु डेढ करोड खर्च भएर मैदान निर्माण सुरु गरिएको भए पनि पछिल्लो समय केन्द्र सरकारले बजेट दिन छाडेको दुःखेसो पोख्नुभयो ।

“यो पाली प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भएको छ,” चन्दले भन्नुभयो, “बोलपत्र भएर अब काम अगाडि बढ्ला ।” पछिल्लो समय नेपाल क्रिकेट सङ्घ (क्यान) ले भने महेन्द्रनगरमा खेम भट्टलाई प्रशिक्षक नियुक्त गरी प्रशिक्षणमा खटाएको क्रिकेट सङ्घले जनाएको छ ।

वृहत छैटौँ राष्ट्रिय खेलकुद परिषद्का बेला यहाँ क्रिकेट मैदान निर्माण गरिए पनि उक्त स्थानमा अहिले हक्की, फुटबललगायत खेल सञ्चालन हुन्छन् । “महेन्द्रनगर विगतदेखि खेलाडी उत्पादनको अनुपात हेरेर पनि राज्यले यहाँ लगानी गर्नुपर्ने हो,” उहाँले भन्नुभयो, “कञ्चनपुर खेलाडी उत्पादनमा उर्वरभूमि हो तर राज्यबाट मलजल भएन् ।”रासस