१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु भएको ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै नेपाली क्रिकेटले विश्व समुदायमा देशको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पु-याएको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार विदेशी मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले राष्ट्रको गौरव र प्रतिष्ठा निरन्तर बढाइरहेका छन् । क्रिकेटले विविध भाषा, धर्म र विचारले विभाजित नेपालीहरूलाई एकताबद्ध बनाउने माध्यमका रुपमा भूमिका निर्वाह गरेको बताउनुभयो ।

यस वर्ष दोस्रो संस्करणका रुपमा सुरु भएको एनपीएलले विश्वभर छरिएका नेपाली समुदायको ध्यान मात्र तानेको नभइ विश्वका विभिन्न देशका खेलाडीहरूको सहभागिताले अन्तरराष्ट्रिय समुदायको चासो पनि बढाएको अध्यक्ष दाहालले बताउनुभएको छ ।

अध्यक्ष दाहालले कीर्तिपुर स्टेडियम निर्माणका विभिन्न चरणमा योगदान दिने सरकारका नेतृत्व, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ, खेलाडी तथा क्रिकेटप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । रासस