५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस कहर: अमेरिकाले लगायो २६ देशसँग यात्रा प्रतिबन्ध



अ+ अ-

काठमाण्डौं । अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन युरोपका २६ देशसँग यात्रा रोक लगाएको छ । शुक्रबार मध्यरातिबाट लागू हुने गरी यात्रा बन्देज गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशसँग उडान रद्द गरेको घोषणा गरेका हुन् ।

३० दिनका लागि यात्रा बन्द गरिएको उल्लेख छ । बेलायतसँगको यात्रा भने निरन्तर रहने जनाइएको छ । अमेरिकाले यसअघि नै चीनसँगको उडान बन्द गरिसकेको छ ।

चीन भएर आउने विदेशीलाई समेत रोक लगाएको छ । विश्वभर यात्रा रोक लगाउन क्रम चलेको छ । भारतले पनि मध्यरातिबाट लागू हुनेगरी यात्रा रोक लगाएको छ । उसले सीमा बन्दको घोषणा समेत गरेको छ ।