१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने’



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिनुभएको छ ।

नेपाल खेलकुद महासङ्घको पाँचौं केन्द्रीय कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले फागुन २१ गते चुनाव गरेर दललाई सत्ता सुम्पिनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गते घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले उक्त घटनामा  तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई पहिचार गरेर दण्डित गरेर मुलुकलाई फेरि पनि लोकतन्त्र, शान्तिको दिशातिर फर्काउने कामलाई आवश्यक रहेको बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकमा शान्तिसुरक्षा अमनचयन गर्ने कुरा सरकारले प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने खतरा रहेको  बताउनुभयो ।

उहाँले देशको सङ्कट टार्न प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ । “संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनुपर्छ भन्ने छैन । ‘अर्ली इलेक्सन’मा जान सकिन्छ”, उहाँले भन्नुभयो, “यी सबै काम गर्न पहिलो शर्त प्रतिनिधिसभाको पुनःस्थापना हो ।”

महासङ्घका अध्यक्ष परशुराम बस्नेतले जेनजीका माग सही भए पनि तोडफोड र लुटपाटले मुलुकको विकास निर्माणमा पछि धकेलेको दाबी गर्नुभयो । उहाँले राजनीतिक दलहरुले जेनजीका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो । रासस