५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कम्पनी एप्पललाई लाग्यो १ अर्ब २३ करोड डलरको जरिवाना



अ+ अ-

काठमाडौं । आइफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई फ्रान्सले १ अर्ब १० करोड यूरो (१ अर्ब २० करोड डलर) जरिवाना तिराउने निर्णय गरेको छ । फ्रेन्च कम्पिटिसन अथोरिटीले, एप्पलले प्रतिस्पर्धा नियमको पालना नगरेको भन्दै जरीवाना तिराउने निर्णय गरेको हो । यसका साथै एप्पलका दुई होलसेललाई पनि मिलोमतोमा मूल्य तोकेको आरोपमा जरीवाना तोकिएको छ । फ्रेन्च कम्पिटिसन अथोरिटीका अध्यक्ष इसाबेले डे सिल्भाले एप्पलले आफ्ना दुई होलसेलरसँग मिलेर वितरकलाई एकअर्कामा प्रतिस्पर्धा गर्नबाट रोकेको बताए ।

एप्पलको होलसेलरमध्ये टेक डेटालाई ७ करोड ६१ लाख यूरो र इन्ग्राम माइक्रोलाई ६ करोड २९ लाख यूरो जरीवाना तोकिएको छ । र, समग्रमा अहिले लगाइएको १ अर्ब २४ करोड यूरो जरिवाना कुनै एउटा मुद्दामा लगाइएको सबैभन्दा ठूलो जरिवाना हो । कम्पिटिसन अथोरिटीका अध्यक्ष इसाबेले डे सिल्भाले एप्पलले आफ्ना दुई होलसेलरसँग मिलेर वितरकलाई एकअर्कामा प्रतिस्पर्धा गर्नबाट रोकेको बताए । एप्पलको होलसेलरमध्ये टेक डेटालाई ७ करोड ६१ लाख यूरो र इन्ग्राम माइक्रोलाई ६ करोड २९ लाख यूरो जरीवाना तोकिएको छ ।

समग्रमा अहिले लगाइएको १ अर्ब २४ करोड यूरो जरिवाना कुनै एउटा मुद्दामा लगाइएको सबैभन्दा ठूलो जरिवाना हो । तर यता एप्पलले भने फ्रान्सेली नियामकले लगाएको जरिवाना स्वीकार गर्ने मेसो देखाएको छैन् । एक दशकभन्दा अघिको विषयलाई लिएर जरिवाना लगाएको र त्यतिबेलाको अवस्था त्यसरी नै चलेको भन्दै एप्पलले जरिवानाको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।