१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रम र अफवाह फैलाउने समाचार लेखेर संञ्चारमाध्यामकै बेइज्जत नगर्न पूर्व प्रधानन्यायधीश श्रेष्ठको आग्रह



अ+ अ-

काठमाडौं । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले भ्रम र अफवाह फैलाउने समाचार लेखेर संञ्चारमाध्यामकै बेइज्जत नगर्न आग्रह गर्नुभएको छ ।

केही सञ्चार माध्यामले आफनो बारेमा भ्रम र अफवाह फैलाउने समाचारहरु संप्रेषण गरेपछि पूर्व प्रधानन्यायधीश श्रेष्ठले तथ्थ ,प्रमाणमा टेकेर समाचार प्रकाशन र प्रशारण गर्न र संञ्चारमाध्यामलाई विश्वसनीय र जिम्मेवार बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले एक बिज्ञप्ति जारी गर्दे खगेन्द्र सुनार संग आफ्नो कुनै चिनजान नभएको , मन्त्री बन्न लागेको थाहा नभएको , उसलाई चिन्दै नचिनेको र आफु कुनै सिफारिस गर्ने तहमा पनि नभएको भन्दै हाबादारी र कपोकल्पीत समाचार प्रकाशन गर्ने संस्थालाई तथ्थ प्रमाण , आधार ल्याउन चुनौति दिनु भएको छ ।

श्रेष्ठले भ्रम र अफवाह फैलाउने संञ्चार माध्यामलाई कानूनी कारबाही का लागि प्रेस काउन्सीलमा समेत उजुरी दर्ता गराउनु भएको छ । काउन्सीलले सम्बन्धित संञ्चारसंस्थालाई पत्राचार गर्दे श्रेष्ठको खण्डन प्रकाशन गर्न र जबाफ पेश गर्न कार्तिक ९ गते पत्राचार गरेको छ ।