८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

चाडपर्वमा कृषि उपजसँगै औद्योगिक उत्पादन प्रवर्द्धन गर्दै साल्ट ट्रेडिङ

चाडपर्वमा कृषि उपजसँगै औद्योगिक उत्पादन प्रवर्द्धन गर्दै साल्ट ट्रेडिङ
अ+ अ-

काठमाडौँ ।चाडपर्वको बेलामा नागरिकलाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि उपजसँगै स्वदेशी औद्योगीक उत्पादन प्रवद्र्धन गरेको छ ।

दशैँ तिहारमा आफ्नो विक्री केन्द्रमा स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई आफ्ना विक्री केन्द्रहरुमा राखेको छ भने नेपालमै उत्पादित औद्योगीक वस्तुहरुको स्टलहरुलाई केन्द्रीय कार्यालयमा निःशुल्क स्टल राख्न दिएर प्रवद्र्धन गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेशकुमार झाले नेपालमा उत्पादित वस्तुहरुलाई प्रवद्र्धन गर्ने हिसावले चाडपर्वका बेला आफ्ना विक्री केन्द्रमा लेकाली, पहाड, हिमालका उत्पादित गेडागुडीहरु सिमि, राजमा, बोडी, फापर, कोदो, मकैको च्याख्लालाई प्राथमिकताका साथ विक्रीमा राखिएको बताउनु भयो ।

उहाँकाअनुसार जुम्लाको स्याउलाई समेत साल्ट ट्रेडिङले प्रवद्र्धन गरेको छ भेन नेपालमा बनेका औद्योगिक उत्पादनलाई समेत निःशुल्क स्टल राख्न दिएर प्रवद्र्धन गरेको छ । औद्योगिक उत्पादनको हकमा बाल्टाका उत्पादन नेबिको बिस्कुटदेखि स्थानीयस्तरमा उत्पादित कञ्चनजंगा अगरबत्तीलाई समेत केन्द्रिय परिसरमा स्टल राख्न दिएर साल्ट ट्रेडिङले प्रवद्र्धन गरेको झाले बताउनु भयो ।

सहायक प्रमुख कार्यकारी अधिकृत झाले भन्नुभयो– ‘नेपालमा उत्पादित कृषि उपजहरुलाई प्राथमिकतामा राखेर विक्री गरिरहेका छौं । लेकाली, पहाड, हिमालका उत्पादित गेडागुडीहरु सिमि, राजमा, बोडी, फापर, कोदो, मकैँको च्याख्लाको बजारीकरण गर्नुपर्छ भन्ने मनशायले विशेष प्राथमिकताका साथ विक्री गर्दै आएका छौं । जुम्लाको च्याउ पनि राखिएको छ । नेपाली उत्पादन नेबिको बिस्कुट पनि राखिएको छ । औद्योगीक उत्पादनको हकमा बाल्टाका उत्पादनहरु स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने हिसावले गरिरहेका छौं । स्थानीय रुपमा उत्पादित कञ्चनजंगा धुप पनि राखिएको छ । दसैँ तिहारको बेला प्रवद्र्धन गर्नुपर्छ भन्ने मनशायले राखिएको हो । ब्राण्डिङमा सघाउ पुग्छ र विक्रीमा समेत सहयोग पुग्छ भनेर राखिएको हो । साल्ट ट्रेडिङमा राखिएका स्टलहरु पूर्ण रुपमा निःशुल्क दिइएको छ ।’ 

जुम्लाबाट च्याउ ल्याएर विक्री गर्दै आएका दलबहादुर खड्काले जुम्लाको स्याउ काठमाडौंमा ल्याइ बजारीकरण गर्न साल्ट ट्रेडिङले सहयोग गरेको बताउनु भयो । १४ वर्षदेखि जुम्लाबाट च्याउ ल्याएर काठमाडौंमा विक्री गरेको र विगत तीन वर्षदेखि साल्ट टे«डिङ परिसरबाट जुम्ली च्याउ बेचिरहेको बताउनु भयो ।
व्यवसायी खड्काले भन्नुभयो– ‘जुम्लाबाट ल्याएर १४ वर्षदेखि काठमाडौंमा च्याउ बेच्दै आएको छु । साल्ट ट्रेडिङ परिसरमा तीन वर्ष भयो । राम्रो सहुलियत दिएर साल्टले विक्रीको प्रवन्ध मिलाइदिनुभएको छ ।’

व्यवसायी खड्काकाअनुसार अघिल्ला वर्षमा जस्तो च्याउ यसपटक राम्रो हुन सकेन । असिनासँगैको वर्षाले गर्दा च्याउ नष्ट हुन पुग्यो तर उत्पादन भएको च्याउ बजारसम्म पु¥याउन संघसंस्थाहरुको सहयोगले सहज भइरहेको छ ।