३१ श्रावण २०८३, आईतवार
,
Latest
फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने



अ+ अ-

काठमाडौँ । मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।

आगामी कात्तिक १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले सहभागिता जनाउने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

नेपाली महिला टोलीले यसअघि पनि मलेसियामा नै सुपर वुमन सिरिज खेलेको थियो । त्यसपछि नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपाली महिला टोलीले ३–२ ले जितेको थियो ।