२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीलाई आईसीयूबाट निकालियो



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणपछि उपचारमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बिहीबार आईसीयूबाट बाहिर निकालिएका छन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ । तर, उनी अझै केही दिन अस्पतालमा नै बस्ने जनाईएको छ ।

जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । सोमबार उनलाई आईसीयूमा राखिएको थियो । यद्यपि उनलाई भेन्टिलेटरमा भने राख्नुपरेको थिएन ।