६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजीले बार्सिलोनालाई हरायो, सिटी मोनाकोसँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग १–२ गोलले स्तब्ध बनेको हो ।

खेलको १९ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलि बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा सेन्नी मायुलुले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । यस्तै, खेल सकिनै लाग्दा अन्तिमतिर अर्थात् ९० औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पिएसजीलाई जित दिलाए ।

पिएसजीको यो लगातार दोस्रो जित हो भने बार्सिलोनाले यसअघिको खेलमा भने सुखद नतिजा निकालेको थियो ।

यस्तै गएराति नै भएको अर्को खेलमा फ्रेन्च क्लब एएस मोनाको र इंग्लिस क्लब म्यान्चेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । १५ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै पाहुना टोलि सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा जोर्डन तेजेले गोल गर्दै मोनाकोलाई १–१ को बराबरीमा ल्याए । ४४ औं मिनेटमा हालाण्डले नै व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोल गर्दै २–१ ले अघि बढाए ।

९० औं मिनेटमा एरिक डायरले पेनाल्टीमार्फत गोल गर्दै मोनाकोको हार टारे ।