११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’
अ अ+ अ-

सिरहा। गोपाल सेवा समिति लहानले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा आज जेएस मुरारका बहुमुखी क्याम्पस लहानको खुल्ला मैदानमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वातावरण जोगाउन वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार, संघसंस्था र समुदायले वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं लहान नगरप्रमुख महेशप्रसाद चौधरीले समितिले क्याम्पसको खुल्ला मैदानमा वृक्षारोपण गरेर वातावरण संरक्षणतर्फ जनचेतना फैलाउने प्रयास निकै सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा सेवा समितिका अध्यक्ष गणेश यादव, वातावरणविद् दिनेश यादव, क्याम्पस प्रमुख सञ्जय चौधरी, जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव, समाजसेवी सत्यनारायण यादवलगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।रासस