११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

गुरुङ संस्कृतिमा ‘रिमै’

गुरुङ संस्कृतिमा ‘रिमै’
अ अ+ अ-

काठमाडौँ। नेपाली चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज ‘रिमै’ बन्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई यसमा समेटिएको छ । भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृतिमा चलचित्रको कथा तयार पारिएको छ ।”

उहाँले ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी–चेली’ भएता पनि सन्दर्भअनुसार ‘तरुनी’को रूपमा प्रयोग गरिने बताउनुभयो । अन्तिम संस्कारका लागि गुरुङ समुदायमा छोरी अनिवार्य मानिने संस्कृतिलाई चलचित्रमा देखाइएको उहाँको भनाइ छ ।

“गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्त्वपूर्ण छ”, अभिनेता राईले भन्नुभयो ।

चलचित्रकी अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झनै प्रस्टिने जानकारी दिनुभयो । आफैँ गुरुङ समुदायको भएकाले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

“म यो चलचित्रमा जोडिनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाउनुभएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो । मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ”, अभिनेत्री गुरुङले भन्नुभयो ।

उक्त चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा लेखन, शैलेन्द्रध्वज कार्कीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन रहेको छ । चलचित्र यही भदौ २० गतेदेखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । रासस