२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ७ जना कोरोना संक्रमित भेटिए, संक्रमितको सङख्या १ सय ९ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप ७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशि अस्पतालमा बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ पुष्टि भएको सङख्या ७ रहेको जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय ९ पुगेको छ ।


मन्त्रालयका अनुसार संक्रमित मध्ये ४ जना पुरुष र ३ जना महिला हुन् । उदयपुर झुल्के निवासी १८, ४५ र ६५ वर्षका तीन जना महिला र कपिलवस्तु निवासी १७ १८ र १८ वर्षका पुरुषहरु साथै पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष गरी जम्मा ७ जनामा संक्रमित भेटिएका हुन् । 

अहिलेसम्म भेटिएका संक्रमित १ सय ९ मध्ये जसमध्ये ७८ जना पुरुष हुन् भने ३१ जना महिला छन् । तीमध्ये केही नावालक पनि छन् ।