१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण
अ अ+ अ-

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ। उनी विराटनगर–१५ का स्थानीय हुन्। वडा नम्बर १५ का वाडाध्यक्ष असलम आलमका अनुसार संक्रमित ३६ वर्षीय पुरुषको संक्रमणको स्रोत खुलेको छैन। ‘घरमा बाहिरबाट कोही आएका होइनन्, उनलाई कहाँबाट सर्‍यो हामी पहिचान गर्दैछौँ,’ आलमले भने।  महानगरले गत बिहीबार ६ र १५ वडाका ४३ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो। जसमध्ये ती पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए।

आइतबार विराटनगरका दुईसहित धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। धनकुटाकी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको बताइएको छ। धरानमा विराटनगर र धनकुटाबाट ल्याएको स्वाबको एकैपटक परीक्षण रिपोर्ट आएको थियो। जसमध्ये विराटनगरका १ पुरुष, १ महिला र धनकुटाकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। विराटनगरकी संक्रमित महिला वडा नंबर ६ की हुन्। २९ वर्षीया ती महिला केहीदिन अघि भारतबाट आएको वडाअध्यक्ष विजय कामतले जानकारी दिए। आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका सबैलाई आइतबार साँझ नै कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ। धनकुटाकी स्वास्थ्यकर्मीलाई सोमबार ल्याइँदैछ।

विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर महानगरपालिकाको दुई वडालाई सोमबार बिहानबाट सिल गरिएको छ। ६ र १५ वडामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार साँझ बसेको जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले वाडालाई सिल गर्ने निर्णय गरेको थियो। सोमबार बिहानदेखि दुवै वडामा मानिसको आवत–जावत र पसलहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। सुरक्षा निकायबीच आइतबार साँझ अनलाइन (भिडियो कन्फरेन्स) सुरक्षा बैठक बसेको थियो।

उता जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको जिल्ला अस्पताल र आसपासका क्षेत्र सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठका अनुसार आइतबार राति बसेको कोभिड–१९ कमान्ड फोर्स धनकुटाको बैठकले गरेको निर्णयसँगै जिल्ला अस्पताल र आसपासका क्षेत्रलाई सिल गरिएको हो।

संक्रमित स्वास्थ्यकर्मीलाई आइतबार जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो। सोमबार बिहान कोरोना अस्पताल विराटनगर ल्याउने तयारी भइरहेको छ। अन्नपुर्णपोष्ट दैनिक