२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिपछि धनकुटा बजार क्षेत्र सिल



अ+ अ-

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ । आइतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउने निर्णय गरेको हो । धनकुटाको सब्जीलाइन, बसपार्क, जिरोपोइन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी चौक क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए । सिल गरिएकोे क्षेत्रमा आवागनम पूर्ण रुपमा निषेध गर्न नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबार गरिएको परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया नर्समा कोरोना संक्रमण भेटिएको हो ।

धनकुटामा पहिलो पटक कोरोना संक्रमण भेटिएसँगै बजारक्षेत्र सिल गरिएपछि अहिले सो क्षेत्र सुनसान बनेको छ । संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आईसोलेशनमा रहेकी नर्सलाई उपचारका लागि आजै बिराटनगरस्थित कोरोना बिशेष अस्पताल लग्ने तयारी गरिएको छ । त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरिने भएको छ ।

संक्रमितको कन्ट्राक ट्रेसिङको काम पनि थालिएको छ । संक्रमित महिला लकडाउनको अवधिमा अन्यत्र नगएको र नियमित डिउटीमै रहेकाले अन्य संक्रमित बिरामीमार्फत उनमा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरेर धनकुटा बजार क्षेत्रमा थप सावधानी अपनाइएको छ । राजधानी दैनिक