२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली श्रमिकहरू रहेका देशमा काेराेना कहर



अ+ अ-

काठमाडाैंः ठूलाे संख्यामा नेपाली श्रमिकहरू रहेका देशहरूमा काेराेनाभाइरसकाे संक्रमण निकै उच्च देखिएकाे छ । 

कामका लागि नेपालीहरू अहिले भारतबाहेक ठूलाे संख्यामा कतार, युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, मलेसियामा छन् । खाडी र मलेसियामा गरी करिब ३५ लाख नेपाली कार्यरत रहेकाे बताइन्छ ।

नेपालमा भित्रिने रेमिट्यान्स करिब ८ खर्बमध्ये अधिकाँश हिस्सा यिनै मुलुककाे छ । तर अहिले यी देशमा काेराेनाले निकै सताएकाे छ, र नेपालीहरूकाे ठूलाे संख्या नेपाल फर्कन प्रतीक्षाारत छ ।

यी देशमा काेराेना संक्रमणकाे अवस्था २०७७ जेठ ९ गतेसम्म निम्न बमाेजिम छ ।

खाडी मुलुक र मलेसियामा काेराेनाकाे स्थिति
क्रसं देश संक्रमित निकाे भएका मृत्यु
कतार ४०,४८१ ७,८९३ १९
साउदी अरेबिया ६७,७१९ ३९,००३ ३६४
युएइ २६,८९८ १२,७५५ २३७
मलेसिया ७,१३७ ५,८५९ ११५
कुवेत १९,५६४ ५,५१५ १३८
ओमान ६,७९४ १,८२१ ३२