१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

कालापानीमा भारतले बढायो हवाई गस्ती

कालापानीमा भारतले बढायो हवाई गस्ती
अ अ+ अ-

दार्चुला । नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।

भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एकरदुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२/१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने । भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए ।

धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ । ‘व्यास (भारततर्फ) क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ ।’

पहिले बाटोको समस्या हुँदा हेलिकप्टरबाटै मानिसलाई माथि पुर्याउने गरिएको थियो । बाटो बनेपछि भने गत वर्षबाट भारततिरका नागरिक पैदल माथिल्लो क्षेत्र जाने गरेका छन् ।

भारतले अहिले धार्चुलाबाट भन्दा पिथौरागढलगायत क्षेत्रबाट हवाई उडान बढी गरिरहेको छ । यसअघि भारतले धार्चुलाबाटै व्यास क्षेत्रमा सबै किसिमको उडान भथ्र्यो । यो वर्ष दिल्लीबाट पनि हेलिकप्टर कालापानी क्षेत्रमा आइरहेको भारतीयलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार निर्माणका मेसिन र बढी मात्रामा हातहतियार लैजानुपरे माथिबाटै सिधै हेलिकप्टर नेपाली भूभाग गुन्जीमा अवतरण हुन्थ्यो । भारतले उक्त क्षेत्रको सबैभन्दा ठूलो हेलिप्याड गुन्जीमै बनाएको छ । त्यहाँबाट कालापानीलगायत अन्य भारतीय सुरक्षा पोस्टमा सामान ढुवानी हुने गरेको छ ।

भारतले व्यासतर्फको क्षेत्रमा सुरक्षाकर्मीको संख्या पनि बढाएको छ । पिथौरागढबाट सिधै हेलिकप्टरमार्फत सुरक्षाकर्मी कालापानी क्षेत्रमा पठाएको उक्त क्षेत्रमा काम गर्ने नेपालीलाई उद्धृत गर्दै स्थानीय दलजित कुँवरले बताए । भारतले गुन्जीदेखि कालापानी र लिपुलेकसम्म भारत–तिब्बत पुलिस (आईटीबीपी), भारतीय सेना, सीमा सुरक्षा बललगायत ६ वटा सुरक्षा अंग राखेको छ ।

चीनसितको रणनीतिक क्षेत्र भएकाले भारतले ती ठाउँहरूमा विभिन्न सुरक्षा निकायका क्याम्प राखेको छ । सबै सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् । नेपाली सुरक्षा अधिकारीले कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मी बढाएको खबर प्राप्त भए पनि के कति संख्यामा थपेको बारे यकिन नभएको बताए ।

पछिल्लो समय भारतले व्यास गाउँपालिका–२ दुम्लिङपारि गर्वाधारदेखि लामरी, छियालेकलगायत क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेको स्थानीय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतले नेपालतर्फको सीमा क्षेत्रमा पैदल गस्ती पनि बढाएको छ । सीमा क्षेत्रको गस्तीमा ५/७ जना आउने ठाउँमा १०/१२ जना तथा दिनमा दुई पटक गर्ने ठाउँमा ४/५ पटक आउने गरेका छन् ।

भारतले पिथौरागढदेखि धार्चुला, छियालेक, गुन्जी तथा कालापानी क्षेत्रमा सुरक्षाकर्मीको ठूलो दस्ता राख्दै आएको छ । स्थानीयका अनुसार भारत–चीनको युद्धपछि भारतले पिथौरागढदेखि माथिल्लो क्षेत्रलाई सुरक्षा निगरानीमा राख्न ठूलो संख्यामा सैनिक क्याम्प राखेको छ ।

दार्चुला–व्यास घोडेटो निर्माण सुरु

नेपाली सेनाले दार्चुला–व्यास घोडेटो बनाउन सुरु गरेको छ । सेनाले व्यास गाउँपालिका–२ को घाटीबगडदेखि वडा नं. १ मा पर्ने मौर्‍याभिटासम्मको घोडेटो निर्माण थालेको हो ।

करिब ४ सय ५० मिटर क्षेत्रमा २.६ मिटर चौडाइको नयाँ बाटो निर्माण र केही ठाउँमा पुरानो बाटो मर्मत गरिने सेनाले जनाएको छ । त्यसका लागि सेनानीको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली व्यास–२ स्थित थिमा पुगेको छ । प्राविधिक जनशक्ति र केही निर्माण सामग्री बिहीबार र शुक्रबार थिमामा हेलिकप्टरमार्फत पुर्‍याइएको हो । प्राविधिकहरूले निर्माण स्थल हेरेपछि अन्य निर्माण सामग्री ढुवानी गरिने गुल्मपति श्यामराज थापाले बताए । ‘थिमा नै बसेर सेनाले बाटो मर्मत गर्छ,’ उनले भने ।

गत भदौमा मौर्‍याभीरमा ठूलो चट्टान खसेपछि व्यास जाने बाटो बन्द भएको थियो । घाटीबगडदेखि माथिल्लो क्षेत्रमा पहिरो गएको छ । उक्त घोडेटो बाटोको सबैभन्दा बढी समस्या यही क्षेत्रमा हो । बाटो नहुँदा व्यास गाउँपालिका–१ छाङरु र तिंकर गाउँका बासिन्दा भारतीय बाटो प्रयोग गरी सदरमुकामबाट गाउँ फर्केका छन् । व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले व्यासको घोडेटो बाटो दुम्लिङदेखि विभिन्न ठाउँमा भत्केको बताए । ‘तम्बाकुदेखि दोपखे खण्डमा धेरै अप्ठ्यारो हुनाले मानिस हिँड्नै सक्दैनन्,’ उनले भने ।

दुम्लिङदेखि घाटीबगडसम्म व्यास गाउँपालिकाले बाटो मर्मत र निर्माण पनि चालु नै राखेको वडाध्यक्ष बुढाथोकीले बताए । मौर्‍याभीरमा विस्फोटक पदार्थ प्रयोग नगराएसम्म बाटो खोल्न सम्भव नभएकोले सेनामार्फत बाटो निर्माण भइरहेको हो । असार मसान्तभित्र बाटो खोलिसक्ने सेनाले जनाएको छ । त्यसपछि नेपाली भूमि भएर व्यास जान सकिन्छ ।

द्वन्द्वकाल अघिसम्म नेपालकै बाटो भएर आवतजावत गर्न मिल्थ्यो । तर त्यसयता बाटो मर्मत हुन सकेको थिएन । भारतले महाकाली किनारै किनार लिपुलेक सडक निर्माण गरेकाले व्यासको घोडेटो भत्केको स्थानीयको भनाइ छ । मन्त्रिपरिषद्ले गत वैशाख १४ मा महाकाली लोकमार्गको दार्चुला–तिंकर सडक खण्डमध्ये घाटीबगड माथिको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०६५/०६६ मा निर्माण सुरु गरिएको १३४ किलोमिटर लामो दार्चुला–तिंकर सडकमा हालसम्म ४० किलोमिटर मात्रै ट्रयाक खुलाइएको छ । सेनाले पहिलो चरणमा घोडेटो र दोस्रो चरणमा मोटर बाटो निर्माण गर्न लागेको हो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।