१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

दबाबमा रोकियो ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया

दबाबमा रोकियो ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया
अ अ+ अ-

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरूको दबाबमा कालोसूचीमा राख्ने प्रक्रिया रोकिएको स्रोतले बतायो ।  

गत चैतमा स्वास्थ्य सेवा विभागले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको भन्दै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरी सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष सिफारिस गरेको थियो । सिफारिस भएको एक महिना नाध्दासमेत कुनै निर्णय नहुनु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीमार्फत दबाबमा प्रक्रिया रोक्ने काम भएको स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले नागरिकलाई बताए । 

स्वास्थ्य सेवा विभागले करिब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको र उक्त खरिदमा अनियमितता भएको भन्दै आलोचना भएपछि विभागले ठेक्का रद्द गरेर कालोसूचीमा राख्ने निर्णय गरेको थियो । तर अहिलेसम्म कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयले आनाकानी गरिरहेको विभागका अधिकारीहरूको भनाइ छ । प्रधानमन्त्री कार्यालयबाट नै दबाब रहेकाले कालोसूचीमा राख्ने काम हुन नसकेको अधिकारीहरू बताउँछन् ।  

सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन उपसचिव राजेश थापा ओम्नीले स्पष्टीकरण पेस गर्न ढिला भएकाले निर्णयमा ढिलाइ भएको बताउँछन् । ‘ओम्नीलाई कालोसूचीमा राख्नुभन्दा अघि स्पष्टीकरण सोधिएको हो, स्पष्टीकरण पेस भइसकेको छ, तर अब के गर्ने भन्ने विषयमा कार्यालयले छलफल गरिरहेको छ,’ उनले भने । कालोसूचीमा राख्ने विषयमा लामोसमयसम्म निर्णय हुन नसकेको विषयमा भने थापाले प्रष्ट पारेनन् ।  

थापाले निर्णय प्रक्रियामा रहेको दाबी गरे पनि ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकिएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन् । कालोसूचीमा राख्दा ओम्नीले लिएका अन्य ठेक्कालाई समेत असर पर्ने भएकाले ओम्नीका मालिक तुलहरि सिंह कालोसूचीमा राखिनबाट रोक्न लबिङ गरिरहेको स्रोतले बतायो ।  

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ आफूहरूले प्रक्रिया पु¥याएर नै कालोसूची राख्नका लागि पठाएकाले कालोसूचीमा अहिलेसम्म नराख्नुको कारण आफूलाई थाहा नभएको बताए ।  

ओम्नीसँग भएको सम्झौताअनुसार पहिलो लटमा ल्याउनुपर्ने मेडिकल सामग्री १० प्रतिशतमात्र ल्याएर सम्झौता उल्लंघन गरेको कारणले ठेक्का रद्द गरेर कालोसूचीमा राख्नका लाग लेखी पठाएको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको तर्क रहँदै आएको छ ।  

ओम्नीलाई चिन्दिनँ -प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल सामग्री खरिदमा विवादित बनेको ओम्नी कम्पनीलाई नचिनेको प्रतिक्रिया दिएकोमा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूले नै आश्चर्य प्रकट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भिडियो कन्फरेन्सिङ सिस्टम निर्माणको ठेक्का पाएका ओम्नीमै आबद्ध तुलहरिको प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध रहेको स्रोतको भनाइ छ ।  

नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको कम्प्युटर प्रयोगशालाको ठेक्का पनि ओम्नीले नै पाएको थियो । आइटीसम्बन्धी महŒवपूर्ण ठेक्काको जिम्मा पाएको ओम्नी कम्पनी र त्यसमा आबद्ध तुलहरि प्रधानमन्त्रीको सचिवालयसँग नियमित सम्पर्कमा रहेकाले ओम्नीलाई चिन्दिनँ भनेर प्रधानमन्त्रीले भन्नु गलत भएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।  

मेडिकल सामग्री खरिदको विषयमा प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्तसमेत जोडिएको विषयमा संसद्मा कुरा उठेपछि उनले ओम्नीलाई आफूले नचिनेको प्रतिक्रिया दिएका थिए ।  

सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफू व्यापारमा रुचि नराख्ने र डिल पनि नगर्ने जिकिर गरे । आजको नागरिक दैनिकमा समाचार छ ।