२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याउने



अ+ अ-

काठमाडौं । नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदैछ । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनाले नेपाल एयरलाइन्सको वाइडवडी विमान बुधबार साँझ चीनको ग्वान्झाओतर्फ उड्दैछ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), कोरोना जाँचका लागि चाहिने पीसीआर किट ल्याइने बताए ।  ल्याइने बताए । 

यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याइसकेको छ । दोस्रो चरणको २८ टन स्वास्थ्य सामग्री पनि भन्सार प्रक्रिया पूरा भएर ग्वान्झाओमा जम्मा भएपछि वाइडवडी त्यसतर्फ प्रस्थान गर्न लागेको प्रवक्ता पाण्डेले बताए ।