२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ बर्ष अघि स्थापना भएको गणतन्त्रको व्यवस्था ‘त्रुटि’: राप्रपा अध्यक्ष थापा



अ+ अ-

काठमाडौं । १२ बर्ष अघि स्थापना भएको गणतन्त्रको व्यवस्था त्रुटि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्। उनले सबै अटाउने व्यवस्थाले मात्र समृद्ध नेपाल संभव हुने बताएका छन्।

आज गणतन्त्र दिवसको दिन ट्विट गर्दै थापाले गणतन्त्र दिवसका दिनले राजसंस्था सहितको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न प्रेरणा मिलोस् पनि भनेका छन्।

उनले भनेका छन्, ‘आज जेठ १५। १२बर्षअघिको त्रुटि सच्याएर नेपालको भूराजनीतिक अवस्था र सामाजिकरसांस्कृतिक परिवेश अनुकुल राजसंस्था सहितको लोकतन्त्र स्थापनागर्न आजको दिनले प्रेरणा प्रदान गरोस्। सबै अटाउने ब्यवस्थामा नै राष्ट्रिय एकता,अखण्डता र सार्वभौमिकताको रक्षागर्न तथा सम्बृद्ध नेपाल निर्माणगर्न सक्छ।’