२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे बैठक बस्ने  तय भएको हो । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उनले भनेका छन् ।

आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको दोहोर्याएको थियो । तर संविधान संशोधनबारे केन्द्रीय समितिबाट औपचारिक निर्णय गर्ने बताएको थियो ।