२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ८ जनाका कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बिहीबार कर्णाली प्रदेशमा थप ८ जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।

प्रदेश अस्पताल र  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएकामध्ये १ जना वर्षदिनका बालक, ६ पुरूष र १ महिला छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। 

कर्णालीमा मंगलबार १२ र बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।