२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च, यस्तो छ महासंघले तोकेको मुल्य



अ+ अ-

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले दुई महिनादेखि नतोकिएको सुनको मूल्य आजबाट निर्धारण हुन थालेको छ । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासले दुई महिनादेखि सुनको मुल्य निर्धारण गरिएको थिएन ।

महासंघले चैत्र १० गते तोलाको ७७ हजार कायम रहेको सुनको मूल्य  बिहीबार (आज) प्रतितोला ८६ हजार एक सय रुपैयाँ तोकेको हो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।  

त्यस्तै, उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको छ । दुई महिनासम्म सुनको मूल्य नतोक्दा अन्योल भएकाले बुधबार सुनको नयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।