काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यति धेरै नागरिक २४ घन्टा यता संक्रमित थपिएको यो पहिलो पटक हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । ती संक्रमितमध्ये आज थप एकजनाको निधन भएको छ । यसरी नेपालमा कोरोनाबाट निधन हनेको संख्या ५ पुगेको छ । यसैगरी १९० जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयले आज गराएको अपडेटमा ललितपुरको बुंगमतिका एकजना ५६ वर्षीय पुरुषको निधन भएको हो । उनी ललितपुरको किष्ट अस्पतालमा उपचार गराइरहेका र कलेजोको विरामी रहेका थिए ।