२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह संघ र प्रदेशको  बजेट विनियोजन, बिगतका कामलाई निरन्तरता, केही नयाँ



अ+ अ-

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने समानिकरण, समपुरक र विशेष अनुदान रकम यथावत राखेको छ । 

अर्थ मन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामि आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै समानिकरण, समपुरक र विशेष अनुदान यथावत राखिएको बताउनुभयो । संघबाट सञ्चालित प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा पर्ने आयोजना सम्बन्धीत प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी सर्शत अनुदानमा वृद्धि गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्राक्रितिक स्रोत तथा वित्त आयोग द्धारा निर्धारीत सुत्र अनुसार खर्चको आवश्यकता, मानवि विकास सुचकाङ्कको अवस्था, राजश्व क्षमता तथा प्रदेश र स्थानीय तहबीच रहेका आर्थिक सामाजिक र अन्य असमानताको आधारमा प्रदेशलाई ५५अर्ब १९ कारोड र स्थानीय तहलाई  ९० अर्ब ५कारोड रुपैयाँ समानिकरण अनुदान विनियोजन गरेको छ । सशर्त अनुदान तर्फ प्रदेशलाई ३६अर्ब ३५ करोड र स्थानीय तह १ खर्ब ६१ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

राजस्व बाँडफाँट तर्फ प्रदेश र स्थानीय तहको जनसंख्या, क्षेत्रफल र मानव विकास तथा न्यून विकास सुचकाङलाई आधार लिई  प्रदेश र स्थानीय तहमा १ खर्ब २२ अर्ब १४ करोड रुपैयाँ छुट्याएको छ । प्रदेश र स्थानीय तहले आफुले पहिचान गरी सञ्चालन गर्न माग भइ आएका आयोजनाका लागि कुल ९ अर्ब ९६ करोड रुपैयाँ समपुरक अनुदान विनियोजन गरेको छ । प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्नको लागि ९ अर्ब ९७ करोड रुपैयाँ विशेष अनुदान व्यवस्था गरेको छ ।