२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेनल्टले विश्वभर १५ हजार कामदार हटाउने



अ+ अ-

पेरिसः फ्रेन्च कार निर्माता रेनल्टले तीन वर्षभित्र १५ हजार कामदार हटाउने शुक्रबार घोषणा गरेको छ । कामदार कटौतीबाट कम्पनीले करिब २ अर्ब युरो बचत गर्नेछ ।

रेनल्टले फ्रान्समा मात्र करिब ४ हजार ६०० ले रोजगारी गुमाउने जनाएको छ । कम्पनीका विश्वका अरु ठाउँमा कार्यरत करिब १० हजारको रोजगारी गुम्नेछ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा ४० लाख कार उत्पादन गरिएकामा सन् २०२४ सम्ममा कार उत्पादन घटाएर ३३ लाखमा सीमित गरिने उल्लेख छ ।

रेनल्ट कम्पनीका अध्यक्ष जाँ–डोमिनिक सेनार्डले कम्पनीको दिगोपनाका लागि उत्पादन र कामदार दुबै कटौती गर्नु परेको बताए ।

यस कम्पनीमा विश्वभर करिब १ लाख ८० हजार कामदार छन् । कम्पनीले मोरक्को र रोमानीयाका कारखानाको प्रस्तावित क्षमतामा वृद्धि नगरिने पनि स्पष्ट गरेको छ ।