१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

आज शनिबार, शनिदेवकाे दर्शनसँगै पढाैं साप्ताहिक राशिफल

आज शनिबार, शनिदेवकाे दर्शनसँगै पढाैं साप्ताहिक राशिफल
अ अ+ अ-

राशिफल (२०७७ जेठ १७ देखि २३ गतेसम्म)

मेष

यो साता भाग्योदय हुने योगछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष

यो हप्ता आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । नयाँ कार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा भने आफूलाई कमजोर भएको अनुभूतिहुनेछ साथै केहि कठिनाइको सामनापनि गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

मिथुन

यो साता विस्तारै मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् । पारिवारिक सद्भाव बढ्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । यो साताका लागि शुभअङ्क ६ र शुभरङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट

यो साता नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ । पारिवारिक मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । महिला वा मित्रबाट विशेष लाभ मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह

यो साता श्रमको उचित मुल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या

यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । मुद्धा मामिलापनि लाग्न सक्छ । साताको अन्त्यमा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथीको आगमन हुनेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला

यो सातामा नयाँ काममा हात हाल्ने समय छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । इष्टमित्रहरूसंग मेलमिलाप हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलतापनि पाईनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक

यो सातामा कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु

यो साता शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघी बढ्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मकर

यो साता यात्रा नगरेकै जाती हुन्छ । मालसामान हराउन सक्छ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुविधापनि उत्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ

यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम विस्तारै अघी बढ्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन

यो हप्ता सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा लामो समयदेखि रोकिएका अधूरा कार्य पूरा हुनेछ । प्रविधि मार्फत आफन्तसंग भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग खरानी वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502

साभारः हाम्राेपात्राे डट कम