काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएका हुन् ।
स्थानीयले १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजतलास सुरु गरेको छ ।
सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
हायुको घरमा सामान्य क्षति देखिएको र उनीहरुले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् ।










