७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार
अ+ अ-

दमौली । जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो ।

केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि रु १४ लाख ५० हजार बजेट विनियोजन गरिएकामा रु सात लाख ४८ हजार खर्च भएको छ ।

यस कार्यक्रमअन्तर्गत सहकारीलाई आठ मिनीटिलर, सात स्प्रेयर, पाँच आरी, दश सिकेचर, दश ट्याक्टर गोठेमल वितरण गरिएको जनाउँदै उहाँले तीन पोखरी र चार सिँचाइ ट्याङ्की निर्माण गरिएको बताउनुभयो ।

यसैगरी, केन्द्रले सोही आर्थिक वर्षमा १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएकामा रु १० लाख ४० हजार वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत ३८१ रोपनी क्षेत्रफलमा लगाइएका फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण भएको छ ।

यस कार्यक्रममार्फत ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो ‘रेडिमेड पेष्ट’, एक लाख ९४ हजार ८०० किलो गोबर मल, ३०० किलो पिना, तीन हजार १०० मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनीटिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ ।

फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत ४१४ रोपनी क्षेत्रफलमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको केन्द्रले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि २० कृषक समूह छनोट भएका गरी रु ३० लाख बजेटमध्ये रु १३ लाख ५३ हजार खर्च भएको लामिछानेले जानकारी दिनुभयो ।

यस कार्यक्रमबाट सुन्तला कलमी एक हजार २७२, सुन्तला बिजु तीन हजार २५०, कागती कलमी ४६०, कागती बिजु ७९०, निबुवा ४६०, एभोकाडो १६०, लिची १६७, मेवा ८२०, केरा ५२८, ड्रागन एक हजार ५०० र अन्य बिरुवा ३२९ रोपिएका छन् ।

सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत सात हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाजात फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गरिएको छ । यसका लागि रु ६० लाख बजेट रहेकामा रु ३९ लाख ८८ हजार खर्च भएको र ७० कृषक समूह लाभान्वित भएको केन्द्रले जनाएको छ ।