२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहको उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विवाहको उमेर घटाउने नभइ विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरिरहेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गर्न लागेको बताउनु भयो । उहाँले नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्नुभयो ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘विवाहको उमेर घटाउने होइन, विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई गार्जियनको बीचमा भएको असहमतिको कारण कारबाही भोग्नुपरेको अवस्थालाई सजायलाई न्युन गर्ने व्यवस्था कानून मन्त्रालयले गर्दैछ । नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट छ । जहाँ संविधानमै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरिएको छ । सकारात्मक कामलाई सकारात्मक रुपमा लिनुपर्छ । अपराध दुनियाँको सबै मुलुकमा हुन्छ । तर अपराधीलाई कारबाही सरकारले गरेको छ की छैन त्यो महत्वपूर्ण कुरा हो ।’

मन्त्री चौरसियाले मानव अधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेकुरामा सरकारले प्राथमिकता दिइरहेको बताउनु भयो ।