२२ श्रावण २०८३, शुक्रबार
,
Latest
जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएकाको नामावली



अ+ अ-

गोरखा । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा परी ज्यान गुमाएकाहरुको नामावली राखिएको छ ।

विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पँगेनीले जानकारी दिनुभयो ।

उद्यानमा भूकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिए पनि गहृ मन्त्रालयबाट सबैको नामावली प्राप्त हुन नसक्दा गोरखाका मृतकहरुको मात्र नामावली राखिएको उहाँले बताउनुभयो । इन्जिनियर पँगेनीले भन्नुभयो, “गृह मन्त्रालयमा धेरै पटक पत्राचार भयो, गोरखाबाहेकका अन्य १३ जिल्लाका मृतकको नाम उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट नै गोरखाका मृतकको मात्र नाम राख्ने निर्णय भएर आइसकेको छ, अब अरू जिल्लाका मृतकको नामावली स्मृति उद्यानमा नराख्ने निश्चित भएको छ ।”

गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नामावली प्राप्त नहुँदा स्मृति उद्यानको काममा ढिलाइ हुँदै आएको छ । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी उद्यान निर्माणको काम अगाडि बढाइएकोे थियो । सरकारी स्वामित्वको करिब २१६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य संरचना निर्माण गरिएको छ ।

त्यस्तै, स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने ४०० मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको ठेकेदार कम्पनी स्वच्छन्द÷होम निर्माण जेभीका भोला मरहट्ठाले जानकारी दिनुभयो ।

स्मृति उद्यानभित्र क्यान्टिन पार्क, टिकट काउन्टरसमेत निर्माण गरिएको छ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थल पनि निर्माण भएको उहाँले बताउनुभयो । आयोजना कार्यान्वयन एकाइले रु १३ करोड छ लाख ३४ हजारमा स्मृति उद्यान निर्माणका लागि ठेकेदार कम्पनीसंँग ठेक्का सम्झौता गरेको थियो ।