७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे

संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे
अ+ अ-

काठमाडौँ ।सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।

आईतवार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरुसँग संसद भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरुले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले निरङ्कुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमो कला र साहित्यसँग सम्बन्धीत कार्यक्रमहरु आयोजना हुन नपाएको उल्लेख पनि गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘निरङ्कुश राजतन्त्रको साघुँरो घेराभित्र नेपाल छट्पटाइरहेको एउटा अफ्ठ्यारो स्थितिमा त्यहाँ कुनै वाक स्वतन्त्रता थिएन । अर्थात नेपाली जनता एउटा निरङ्कुश शासनको जाँतोमुनी पिल्सिएका थिए । आर्थिक स्थिति पनि मेरो बुझाईमा धेरै कमजोर थियो । अन्य सामाजिक, सांस्कृतिक स्वतन्त्रताका कुराहरुमा पनि त्यस्तै अवस्था थियो । त्यही बेलामा हामीले पहिलो चरणको स्वतन्त्रता प्राप्त गर्दै थियौं । त्यो भनेको पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था थियो, त्यहीबेला भुटानबाट ठुलो संख्यमा नेपाली मुलका धेरै नागरिकहरु लखेटिनु भयो ।’

‘उनीहरुलाई स्वागत गर्नको लागि नेपाली जनताले फुलमाला लगाएर स्वागत गरेका थिए । फकिर्ने कोशिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरु राखेर जान दिएन । हामी नेपाली र नेपाली मुलको भएको कारणले भूटान पुगेपनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्यो । त्यसकारण राष्ट्रियता के रहेछ भन्ने कुरामा भुटानी शरणार्थीहरु अझ धेरै अनुभव गर्नुभएको छ । त्यसपछि विश्वका विभिन्न देशमा रहनु भएका नेपाली भाषिहरुलाई एक ठाउँमा ल्याउने काम मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले गरेको छ । यसको अर्थ के हो भने हामी जुन मुलकबाट ओरिजिन भयौं । त्यसको पहिचान हाम्रो संस्कार, हाम्रो भाषा र संस्कृति र साहित्यको संरक्षण गर्न सहयोग गर्छ । त्यसकारण सबैले मिलेर संसारभर रहनुभएका नेपालीहरुलाई गास्ने कुराको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’

उहाँले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठूलो भुमिका खेलेको बताउनु भयो । संसारभर रहेका नेपालीहरुलाई गास्ने प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।