२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

कांग्रेस नेता सत्तारको प्रश्न: नेतालाई छाड्ने कार्यकर्तालाई मात्र सेक्ने अनुशासन समिति किन चाहियो ?

कांग्रेस नेता सत्तारको प्रश्न: नेतालाई छाड्ने कार्यकर्तालाई मात्र सेक्ने अनुशासन समिति किन चाहियो ?
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समन्वय विभाग प्रमुख अब्दुल सत्तारले पार्टीको अनुशासन बिभाग कसका लागि हो भन्दै प्रश्न गर्नुभएको छ ।

गत १६ असारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा आज आफ्नो भनाई राख्दै नेता सत्तारले अनुशासन आयोग क्रियाशिल सदस्यका लागि मात्र भएको जस्तो देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “केन्द्रीय समितिको बैठकमा नेताहरु त त म म भएको अबस्था छ ,व्यक्तिगत रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन् , के केन्द्रीय सदस्य र पदाधिकारीहरु अनुशासन आयोगको क्षेत्राधिकार भित्र पर्देनन् । यदि यस्तो अबस्था रहने हो भने कि चाहियो अनुशासन समिति ?”

उहाँले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले पूर्णरुपमा उपेक्षा गरेको गुनासो गर्दे फेरी पार्टीमा फर्केर आउदा मुख देखाउन सक्ने अबस्थामा आउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “जनताका गुनासा र समस्याका बारेमा जानकारी गराउन खोज्दा मन्त्रीहरु फोन उठाउदैनन, भेट दिदैनन् ,उहाँहरु कसका लागि काम गर्नु हुन्छ ? बजेटमा पनि पुरै उपेक्षा गरेको गुनासो गर्दे उहाँले भन्नुभयो- योजना किन मगियो किन राखिएन त्यसको जबाफ दिनु पर्छ ।”

उहाँले तोकिएको समयमा अधिबेशन गर्न नसक्ने भातृसंगठनको तदर्थ समिति बिघटन गरी निर्देशक समितिलाई जिम्मा दिनु पर्ने बताउनु भयो । लमजुङ तरुणदलको अघिवेशनले ईजरायल र ईरानको झल्को दिएको भन्दै उहाँले भन्नुभयो किन यस्तो अबस्था उत्पन्न भएको छ यसको गम्भिर समिक्षा हुनुपर्छ ।

उहाँले क्रियाशिल सदस्यहरुलाई पनि पार्टीका सक्रिय गराउन नसकेको भन्दै प्रबासमा रहेका समितिहरुले पार्टीलाई कुन दृष्टिकोण बाट हेरेका छन् त्यसको समिक्षा हुनु पर्ने बताउनु भयो ।