२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

वित्तिय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आह्वान

वित्तिय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आह्वान
अ अ+ अ-

काठमाडौं ।  विकासका लागि वित्त चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको छ ।

राष्ट्रसंघका महासचिवको  निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीको ६ दिने भ्रमण सफल र फलदायी भएको परराष्ट्र सचिव अमृत राईले बताउनु भयो ।

प्रधानमन्त्रीको भ्रमणबारे ब्रिफिङ गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभएको बताउनु भयो । उहाँका अनुसार खानेपानी तथा सरसफाईका लागि वित्तिय स्रोत परिचालनका लागि राष्ट्र प्रमुख स्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाल समेत खानेपानी तथा सरसफाईको उक्त अभियानमा समावेश भएको घोषणा गुर्नभएको छ । उहाँले स्वच्छ खानेपानीको अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा सम्बोधन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध व्यक्त गरेको पनि बताउनु भयो ।

सचिव राईले भन्नुभयो, ‘उहाँले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तिय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभयो । सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रज्युले खानेपानी तथा सरसफाईका लागि वित्तीय स्रोत परिचालनका लागि राष्ट्र प्रमुख स्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै नेपाल खानेपानी तथा सरसफाई उक्त अभियानमा समावेश भएको घोषणा भएको पनि गर्नुभयो । साथै नेपालको संविधानले स्वच्छ खानेपानीको लाई मौसलक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै स्वच्छ खानेपानी तथा सरसफाई लगायतका आधारभूत सेवाहरु प्रदान गर्न सरकार प्रतिवद्ध रहेको कुरा बताउनु भयो ।’

सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरेको पनि जानकारी दिनुभयो । त्यसक्रममा  स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल