२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलका लागि लुम्बिनीद्वारा रोहितसहित ६ खेलाडी रिटेन



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी दोस्रो संस्करणका लागि ६ खेलाडी रिटेन गरेको छ ।

लुम्बिनीले नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको हो ।

रिटेन हुने अन्य खेलाडीमा सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् ।

लुम्बिनीबाट सूर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेश गुप्ता, विकास आग्री र आरिफ खान गरी ६ जना खेलाडी रिलिज भएका छन् ।

रोहितले पहिलो संस्करणको एनपीएलमा लुम्बिनीको कप्तानी गरेका थिए । आठ टोली सम्मिलित प्रतियोगितामा लुम्बिनी पुछारमा रहेको थियो ।