८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा ८५ वर्षीया वृद्धालाई ठगेको आरोपमा नेपालीहरू पक्राउ



अ+ अ-

पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो । तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो ।

तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनको प्रहरीलाई यसबारे जानकारी दिइन् । फेरि सोही समूहले वृद्धासँग पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन् जुन अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित छ ।

अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् । गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो । उनीहरुलाई दुई महिनापछि अर्थात् अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइनेछ ।

स्रोतः नाइनन्यूज डट कम




भर्खरै