४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना नियन्त्रणमा प्रधानमन्त्री विरूद्ध सर्वाेच्चकाे आदेश



अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना सम्बन्धी सातवटा अन्तरिम आदेशको पालना नगरेको भन्दै सर्वाेच्च अदालतले जवाफ सहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आदेश पालना नगर्नुको लिखित जवाफसहित बाटोको म्याद बाहेक १५ दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘उल्लिखित सात वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ ? ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन, दिइएको हो वा होइन ? तत्ससम्बन्धमा के कसो भएको हो ? यसबारेमा जवाफ पेश गर्नु ।'

सार्वजनिक सरोकारको विषय अन्तरगत दायर भै सरकारका नाममा जारी भएका आदेशको कार्यान्वयन नगरेको भन्दै अधिवक्ता शर्माले प्रधानन्त्रीविरुद्ध अवहेलना मुद्दामा कारबाही गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र अदालतमा आफैँ उपस्थित भइ वा आफ्नो कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु‘ न्यायधीश सिन्हाको ईजलासले आदेश दिएको हो ।

कोभिड–१९ का कारण सर्वोच्च अदालतले नियममित कार्य नगरेपछि लकडाउनभर सार्वजनिक सरोकारको विषयमा भने सुनुवाइ जारी राखेको थियो ।