२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवी प्याकुरेलको गजल



अ+ अ-

हलो,जुवा, कुटो कोदालोमा हलि भुलेको देखें । 
सुनौला धानका बाला लहलह झुलेको देखें ।

दर्केको छ पानी झमझम त्यो दुर गगनबाट 
बाउँसे रोपारेहरु निस्वार्थ प्रेममा खुलेको देखें ।

मानो रोपेर फल्दछ मुरी,गरे धावन्ती अनि श्रम
दंग हुने छ भकारी, खमार भरि सुनै चुलेको देखें ।

पालेका पशु पंक्षि रमेका छन् गोठ र खोर भरि भराउँ
कलिला पाडा,बाच्छाहरु खुशीले आगँनीमा डुलेको देखें ।

छन् सुन्दर प्रकृति छटाहरु तराई, पहाड हिमालको
गोठालाहरुको शिरै भरि असारे फुलै फुलेको देखें ।