२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द



अ+ अ-

एजेन्सी । एयर इन्डियाको विमान दुर्घटना भएपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्म सबै उडानहरू रद्द गरिएको जनाएको हो ।

‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई १७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला। हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौं। थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ’।

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार एयर इन्डियाको बोइङ ७८७–८ विमान दिउँसो १ः ३८ बजे अहमदाबादबाट उडेको केहिबेरमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक रहेका छन् ।