७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

वालुवाटारमा बबण्डर

वालुवाटारमा बबण्डर
अ+ अ-

काठमाडौं: औपचारिक रुपमा नेकपा स्थायी समितिको बैठकमा  छलफलका लागि सात वटा बुँदा तयार भएपनि  खास छलफल गर्न चाहेको विषय भने पार्टी र सरकारको नेतृत्व परिवर्तनको विषय नै थियो ।

अन्य विषयको उठान गर्दै अन्त्यतिर यी विषय बैठकमा प्रवेश गराउने रणनीतिमा रहेका ओलीसंग असन्तुष्ट पक्षलाई प्रधानमन्त्री ओलीको आईतबारको सम्बोधनले उपयुक्त वातावरण प्राप्त भयो ।

 https://www.newspolar.com/news/detail/146865/

स्थायी समिति सकस : एमसीसी अन्योलमै, एक व्यक्ति एकपद र सरकार परिवर्तन मुख्य मुद्दा !

नेकपाभित्र बिष्फोट गराउनका लागि ज–जसले बारुद ओच्छाउने काम गरे आईतबार प्रधानमन्त्री ओलीले आगो ओकलेर पड्काउने काम गर्नुभयो ।अब स्थायी समितिको बैठक जति दिन चल्छ उति नै दिन राजिनामाको केन्द्रबिन्दुमा नै रहेर छलफल , आरोप प्रत्यारोप र घोचपेच हुनेछ ।  

सीमा अतिक्रमणका मुद्दा, कोरोना रोकथाम र नियन्त्रणको समीक्षा,  एससीसी, पार्टी एकताका  बाकि रहेका काम अब सबै ओझेलमा पर्नेछन् ।  यतिबेला फलाम तातेको भन्दै ओली ईतरका खेमाहरु जसरी पनि ओलीलाई यहि समयमा गलाउने र पछार्ने तयारीमा छन्  यसको छनक मंगलबार बसेको बैठकमा देखि सकिएको छ ।  

मंगलबारको बैठकमा बोल्ने अधिकाँश सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिएर सरकार र पार्टीलाई निकास दिन भन्दै राजीनामा मागेपछि अब यो विषय वार या पारको अवस्थामा पुग्नेछ ।  

भैसेपाटी खुमलटार हुँदै बालकुमारीसम्मको दौडधुप र छलफलपछि अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल,माधवकुमार नेपाल, वामदेव गौतम, नाराणकाजी श्रेष्ठ,बेदुराम भुसाल, मुकुन्द न्यौपाने,अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा,गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भीम आचार्यले  सरकार पार्टी संचालनमा  असफल भएको भन्दै राजिनामा दिएर निकास दिनु पर्ने बताए ।

मंगलबारको बैठकमा ओली पक्षमा नेताहरुले खासै बोलेनन् । अवस्था मुल्याङ्कन गरी सम्भवत बुधबारको बैठकमा यसको प्रतिबाद हुनेछ ।

 नौ, नौ महिनामा सरकार परिवर्तन हुने खेलबाट  निर्वाचन पछि बिश्राम लिएर नेताहरुलाई नानीदेखि  लागेको बानी किन हट्थो र फेरि उही नियती दोहोरिदै छ ।  

नेकपाको सरकाभन्दा पनि ओली नेतृत्वको सरकार देखिएको यो समयमा  सरकारले गरेका दुईचार वटा कामलाई छाडेर अन्य विषयमा हेर्ने हो भने सरकारको आलोचन जति नै गरेपनि कम हुन्छ । पार्टीभित्र र बाहिरको आलोचन सुन्नै नचाहने ओली र उहाँका निकटवर्तीको व्यवहारले आजको यो अवस्थामा आइपुगेको हो ।  

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको दम्भ र अहंकारी प्रवृत्तिका कारण पनि समस्याहरु समाधानतर्फ भन्दा पनि जटिलतातिर धकेलिँदै गए  ।

यसै गरी अर्काअध्यक्ष पुष्पकमल दहालको असहयोगी व्यवहार  देखाउँदै आफ्नो  रणनीतिक चातुर्यताको उच्च  महत्वाकांक्षा सहित सत्ता र शक्ति बाहिर बस्न नसक्ने कारण पनि नेकपा यो अवस्थामा आइपुगेको हो ।  

यसै गरी  माधव नेपालको अपमानवोध भएको कुंठा र ओलीलाई जसरी पनि गलाउने  महत्वाकांक्षामा बामदेव गौतमको साथले आगोमा ध्यू थप्ने काम भयाे ।  

शीर्ष नेताहरुबीच यस्तो बैमनश्यता बढेको बेला समस्यालाई सल्टाउने भन्दा पनि  तपाई नै ठिक अर्को पुरै खत्तम, पदलोलुप भएको भन्दै अरिंगाल शैलीमा टिप्पणी गर्ने र उचाल्ने कामले गर्दा परिस्थितिको खास मुल्याङ्गन नै गर्न सकेनन् ।

नेताहरु यति मात्र जाने कसलाई कसरी छिर्के हानेर लडाउने ।एकले अर्कालाई लडाउने खेलमा यतिबेला नेकपा आफै भिरबाट लड्न लागेको अवस्थामा छ ।

लडिहाल्ने अवस्था आएमा  राम राम भन्ने धेरै र काँध थाप्ने कमै हुनेछन् ।  वालुवाटारमा नेताहरु बीच तिक्तता बढ्दै जाँदा बाहिर सामाजिक संञ्जालमा नेकपाका कार्यकर्ता भन्दा पनि गुटका कार्यकर्ताहरु एक अर्कालाई खुईल्याउन भ्याई नभ्याईमा ब्यस्त  छन् ।

कम्युनिटहरुका सकारात्मक पक्ष भनेको नै भित्रसम्म ठिकै र नमिलेको भोलि पल्ट तीनपुस्ते कमजोरी निकालेर छरपष्ट गर्ने नजिर त कायम नै छ ।

हिजो एमाले माले फुट्दा, एकले अर्कालाई लगाएको आरोप होस, वा एमाले माओबादी गठबन्धनको सरकार ढल्दा लगाउने गरेको आरोप ।

फेरि पनि यहि नियती दोहोरिएर  ईतिहासलाई निरन्तरता दिने नै छन् । मात्र धोका पाउने त पाच बर्षमा एक पटक भोट हाल्ने जनताले हो । पाँच बर्षलाई चुनेर पठाएको नेतृत्वले नत आफ्नो  घोषणापत्र नै एक पटक फर्काएर हेरेको छ ।न काम को समिक्षा नै गरेको छ । देशेको अबस्था निकै कठिन भएको बेला देखिएको यो संकृण खेलले फेरुी एक पटक जनताले हार्नेछन् ।  अबस्था यस्तो आयो कि बरु तिमिहरु मिलेर , भागबण्डा गरेर मिलाएर खाउ देशलाई अस्तिरता तर्फ नलैजाउ ।

यस्ता नागरिक भएका देशका नेताहरु पक्कै पनि  गम्भिर भएर समिक्षा गर्दाल ओली हठ त्यागेर सच्चिने कि नेतृत्वमा बिकल्प दिने । बिकल्पमा पनि हाल देखिएका अनुहार पटक पटक टेष्टेट भै सकेका हुन् ।

तसर्थ जनताबाट अनुमोदिन नया अनुहार लाई अघि बढाए केही आशा जगाउला नत्र काले काले मिलेर खाम भाले मात्र हो ।