८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं

विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं
अ+ अ-

काठमाडौँ । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गर्नुभएको छ ।

सोमवार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताउनु भयो ।

उहाँले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञापन बजारको विकास र विस्तारको प्रयास गर्ने बताउनु भयो । विज्ञापन क्षेत्रका सबै सरोकारवालाको सहयोग लिएर विज्ञापन बजारको विकास र विस्तारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कसैको एक्लो प्रयासले सम्भव नहुने सामुहिक प्रयास र प्रतिवद्धता चाहिने बताउनु भयो । वाह्य विज्ञापन होर्डिङ्ग बोर्डमा रहेको ठेकेदारी प्रथाको अन्त्य गर्ने उहाँको भनाइ छ । उहाँले स्थानीय तह तथा प्रदेश सरकारले विज्ञापनको नमूना ऐन पारित नगरेकोमा चिन्ता व्यक्त गर्दे सबै स्थानीय तहलाई विज्ञापन कर आम्दानीको राम्रो स्रोत भएकोले ऐन पारित गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले शुरु गरेको र निर्णयमा पुग्न नसेकेको राष्ट्रिय विज्ञापन नीति हो । हामीले झण्डै दुई वर्ष नै उक्त नीति मन्त्रालयमा सिफारिस गरिसकेको हो । त्यसलाई हामीले निष्कर्षमा पु¥याउन नसक्दाखेरी अहिले हामीले विज्ञापन नियमन गर्ने ऐनमा संशोधन गर्न सकेनौँ । त्यो विज्ञापन नियमन ऐनमा संशोधन गरिसकेपछि मात्रै हामीले विज्ञापनका चारवटै क्षेत्रलाई हामी बोर्डको दायरामा ल्याउन सक्छौँ । त्यसकारण हामी जतिसक्यो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्छौं । र विज्ञापन ऐनलाई संशोधन गर्छौं ।’

उहाँल सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा गरिने बताउनु भयो ।