४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ । उनकी पत्नी विमला महतको उपचारका क्रममा गएराति निधन भएको हो ।

नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो ।

उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् । केही दिन अगाडि अस्पतालको बेडमा पत्नी रहँदा तस्बिर राख्दै पण्डितले भनेका थिए,‘जीवन संघर्ष हो प्रिय , हामी बढी पिडामा छौं, सधैं यस्तै रहँदैन छिटो निकोहोस ! शुभेच्छुक प्रति कृतज्ञ छौँ ।’