७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

ओली – प्रचण्डबीच बालुवाटारमा छलफल जारी

ओली – प्रचण्डबीच बालुवाटारमा छलफल जारी
अ+ अ-

काठमाडौंः नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न ५ बजेदेखि पार्टीभित्रको गतिरोध अन्त्यको उपाय पत्ता लगाउने बारे छलफल जारी रहेको छ ।

शुक्रबार पार्टीको स्थायी समितिको बैठक डाकिएकाले पनि आजको बैठक महत्वपूर्ण रहेको छ । उहाँहरु दुबैलाई पार्टीभित्रको गतिरोध अन्त्यका लागि ठोस योजना अघि सार्न चौतर्फी दबाब छ ।
खासगरी नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सरकार र पार्टीको नेतृत्वका विषयमा मतान्तर जारी छ ।

यसअघि नै प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न आग्रह गर्नु भएको भनाई सार्वजनिक भइसकेको छ, तर प्रचण्डको उक्त आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरिसक्नु भएको छ ।

बरु प्रधानमन्त्रीका पक्षमा देशका विभिन्न स्थानमा समर्थन जुलुस निस्कन थालेका छन् । यी जुलुसमा सहभागीहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्नेहरुमाथि भारतीय दलाल भन्दै नाराबाजी गरेका छन् ।

पार्टीका वरिष्ट नेता माधव कुमार नेपालले अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा समर्थन गर्नु भएपछि पछिल्ला तीन दिनदेखि प्रचण्ड र ओलीबीच प्रत्यक्ष संवाद जारी छ । तर निष्कर्ष निस्कन सकेको छैन ।