८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

संसदीय समितिमा असंसदीय हर्कत !

संसदीय समितिमा असंसदीय हर्कत !
अ+ अ-

काठमाडौं । संसदीय समितिहरू संसद्का अभिन्न अंग हुन् । संसारका सबै संसदीय प्रणाली अपनाएका देशहरूमा संसदीय समितिहरूको व्यवस्था गरेको पाइन्छ । संसदको अमूल्य समयको बचत गर्न र संसदीय कामकारबाहीमा प्रभावकारिता अभिवृद्धि गर्न समिति प्रणालीको विकास भएको हो ।

संसदले गर्नुपर्ने सबै कामलाई प्रभावकारी एवम् अर्थपूर्ण बनाई राख्न र कार्य विभाजनद्वारा संसदको बोझ कम गर्ने मुख्य उद्देश्यका साथ संसदीय समितिको गठन गरिएको हुन्छ । संसदीय प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संसदीय समितिको भूमिका ज्यादै अपरिहार्य हुन्छ ।

संसदीय समितिको यति गम्भीर भूमिका भए पनि त्यहाँ कहिलेकाहिँ देखिने गतिविधिले गरिमामय भूमिकालाई नै गिज्याउने गरेको छ । संविधान र कानुन बमोजिम संसदीय समितिहरूले आआफ्ना कार्य सम्पादन गर्नुपर्नेमा केही संसदीय समितिहरुमा राजनीतिक स्वार्थ, आरोप प्रत्यारोप र व्यक्तिगत रिसईबी पोखिने गरेको छ । कतिसम्म भने माइक हानाहान र गालीगलौजमा समेत सांसदहरु उत्रिने गरेका छन् । उनीहरुले संसदीय गरिमाकै उल्लंघन गरिरहेका छन् ।

बुधबार बसेको संसदीय महिला समितिमा माइक र नेमप्लेट नै हानाहान भयो । माओवादी केन्द्रकी सांसद कल्पना मिया कुसारीले समितिका सभापति किरण शाहलाई लक्षित गरी माइक र नेमप्लेट प्रहार गरेकी हुन् । उनले आफूलाई बोल्न रोकेको भन्दै सभापतिमाथि आक्रोस व्यक्त गरिन् । सभापतिमाथि माइक नै प्रहार गरेपछि समितिमा रहेका अन्य सांसदहरु अलमलमा परेका थिए । यो विषयमा सभामुख देवराज घिमिरेले चासो देखाइसकेका छन् ।

त्यसो त सार्वजनिक लेखा समितिको बैठकमा पनि बुधबार सांसदहरुबीच बाझाबाझ भयो । आरोप प्रत्यारोप लामै समय चल्यो । विशेष गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरु बाझाबाझमा उत्रिएका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको समितिमा सांसदहरुले संसदीय व्यवहारको उल्लंघन गरेका हुन् ।

एमालेका सांसद योगेश भट्टराई र गोकुल बाँस्कोटासँग माओवादी केन्द्रका अमनलाल मोदीको निकै चर्को भनाभन भयो । त्यसैगरी स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एमालेका सांसदहरुले मात्र बोल्न पाएको भन्दै आपत्ति जनाएपछि फेरि तनावको स्थिति आयो ।
त्यति मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका असिम शाह र नेपाली कांग्रेसकी मञ्जु खाणबीच चर्को बाझाबाझ भयो । जबकी पोखरा विमानस्थलमा भएको भनिएको भ्रष्टाचार जस्तो गम्भीर विषयमा छलफल हुनुपर्ने थियो ।

ठूलो आवाज निकालेर बोले मात्र आफ्नो आवाजको सुनुवाइ हुन्छ र चर्चा हुन्छ भन्ने भ्रम सांसदरुमा देखिन्छ । त्यही कारण उनीहरुले संसद्मा होस् या संसदीय समितिमा असंसदीय व्यवहार प्रदर्शन गर्ने गरेका हुन् । तर यो संसदीय मूल्य र मान्यता विपरित हो । त्यति हुँदा पनि सांसदहरुबीच बेलाबेला हुने यस्ता हर्कदले संसदीय मूल्य र मान्यताको उपहास गरिरहेको छ ।

सांसदहरुले कस्ता व्यवहार गर्ने भन्नेबारे संसद नियमावलीले स्पष्ट व्यवस्था गरेको छ । पदाधिकारी र सदस्यको आचरणसम्बन्धी व्यवस्था छ । सभामुख र उपसभामुखले पदीय आचरणअनुकूल काम नगरे प्रस्ताव ल्याउने व्यवस्था छ । तर सांसदहरुले त्यसको पुरै व्यवस्था गर्ने गरेको पाइन्छ ।