७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

सह-सचिव टिकाराम ज्ञवालीसहित १३ जना विरूद्ध ५ कराेड बढीकाे भ्रष्टाचार मुद्दा दायर

सह-सचिव टिकाराम ज्ञवालीसहित १३ जना विरूद्ध ५ कराेड बढीकाे भ्रष्टाचार मुद्दा दायर
अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले एक भारतीय नागरिकलाइ नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेकाे भन्दै नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत टिकाराम ज्ञवाली (हाल सहसचिव) सहित १३ जना विरूद्ध विशेष अदालत, काठमाडाैंमा मुद्दा दायर गरेकाे छ ।

आयोगका अनुसार नवलपरासीकाे साविक सनई गा.वि.स. वडा नं. ८ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गाहरु हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको भन्‍ने समेत  व्यहोराको उजुरीमा अनुसन्धान गर्दा उक्त तथ्य सार्वजनिक भएकाे हाे ।

भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानूनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गरेको गैरकानूनी निर्णय, सोही निर्णयलाई कार्यान्वयन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानीय निकायसमेत प्रलोभनमा परी भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गा.वि.स. मै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारेकाे अनुसन्धानमा देखिएकाे छ । 

साविक मुलुकी ऐन अपुतालीको महलको १७ नं. तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२-२-१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पि.एस.मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएको आयोगकाे भनाइ छ ।

आयोगले सजाय मागदाबी गरिएका व्यक्तिहरू निम्न बमाेजिम रहेकाे जनाएकाे छ । 

देहाय:‍
 
क्र.सं. प्रतिवादीको पद, नामथर भ्रष्टाचारको कसुर बिगो रु. सजायको मागदाबी
 तत्कालीन प्रमुख मालपोत अधिकृत टिकाराम ज्ञवाली भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा १७ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) वमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असूल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा १२ समेतको कसुर गरेको रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१), सोही ऐनको दफा १७ मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ), र सोही ऐनको दफा १२ बमोजिमको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन मालपोत अधिकृत मनोहर प्रसाद पन्थि  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
 तत्कालीन नायब सुब्बा बुद्दिसागर तिवारी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा १७ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन नायव सुब्बा रमेशमान श्रेष्ठ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन गा.वि.स.सचिव नन्दलाल दास  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन गा.वि.स. सविच बुद्दिसागर सुवेदी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन गा.वि.स. सविच नन्दलाल कुम्हाल कोहार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
१० तत्कालीन खरिदार नेत्रबहादुर चौधरी  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा १२ समेतको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१), सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ), र सोही ऐनको दफा १२ बमोजिमको सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
११  खरिदार अमृतकुमार काम्मु मगर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
१२  तत्कालीन खरिदार खगेन्द्र पराजुली भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा १७ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
१३ गेरमी गाउँपालिका वडा नं.५ बस्ने रविकुमार खत्री भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानि नोक्सानी गरेको विगोसमेत सोही दफा ८ को उपदफा (४) बमोजिम विगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

          

साथै, अस्तित्वमै नरहेका प्रेम शरण खत्रीका नाममा कायम रहेका जग्गाहरु सम्बन्धित सरकारी कर्मचारीहरु र गलत प्रवृतिका व्यक्तिहरुसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुप कुमार खत्री बनाई निजकै नामबाट उल्लिखित जग्गाहरु विभिन्न व्यक्तिविशेषहरुलाई बिक्री वितरण गरी हाल ती जग्गाहरु देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार (नावालक), तेजप्रतापसिंह सैथवार (नावालक), रितु कुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमा कुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम रहेको छ ।

निज जग्गाधनीहरु भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको नदेखिए तापनि नेपाल सरकारको नाममा कायम हुनुपर्ने जग्गाहरु हाल निजहरुको नाममा कायम भएको देखिएवाट भ्रष्टाचारजन्य कसुरमा सजायको मागदाबी लिन न्यायोचित नभएतापनि नेपाल सरकारको नाममा कायम हुने हाल निजहरुको नाममा रहेका क्षेत्रफल ३२-२-१७.२५ बिघा जग्गाहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र सोही ऐनको दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र निजहरु देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार (नावालक) को हकमा निजको संरक्षक आशकुमार सैथवार, तेजप्रतापसिंह सैथवार (नावालक) को हकमा निजको संरक्षक आशकुमार सैथवार, रितु कुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमा कुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतलाई प्रतिवादी कायम गर्नु परेकाे आयोगकाे भनाइ छ । 

आयोगले उक्त जग्गाहरुमा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी नेपाल सरकारको नाममा कायम हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार काेइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।