७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

डा.महतको प्रश्न– यस्तो निहुँ खोज्ने नीतिले राष्ट्रियता बलियो हुन्छ ?

डा.महतको प्रश्न– यस्तो निहुँ खोज्ने नीतिले राष्ट्रियता बलियो हुन्छ ?
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले लिएको यस्तो निहँु खोज्ने खालको नीतिले राष्ट्रियता कहिल्यै पनि बलियो नहुने बताएका छन् । 
उनले भने– राष्ट्रियताजस्तो विषयमा देशका कार्यकारी प्रमुखले दिएका अभिव्यक्तिहरु अत्यन्तै आलाकाँचा, केट्यौले र निहुँ खोज्ने प्रवृत्तिका सुनिन्छन्, यस्ता कार्यले केवल तिक्तता र अन्यौल मात्र बढाउँछ राष्ट्रियता बलियो हँुदैन । 

बुधबार बिहान एक अन्तरवार्तामा उनले भने– कूटनीतिक विषय अथवा हाम्रो परराष्ट्र नीति बडो संवेदनशील विषय हो जुन नम्र स्वभाव र मिठो बोली बोलेर आफ्नो राष्ट्रिय स्वार्थपूर्ती गर्नुपर्छ, तर यहाँ त जहाँ बोल्नु पर्ने हो त्यो बोलिँदैन भ्रमको खेतीमात्र गरिन्छ, जनताका आँखामा कसरी छारो हाल्ने भन्ने मात्र खेती गरिन्छ । 

प्रधानमन्त्रीका हालैका अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने–यो सरकार यस्ता विषयमा संवेदनशिल छैन जहाँ बोल्नुपर्ने हो त्यहाँ बोल्दैन, जुन कूटनीतिक टेबलमा कुशलतापूर्वक ‘पावर अफ पर्सुएसन’ प्रस्तुत गरेर त्यसमार्फत आफ्नो कुरा माथि पार्नुपर्ने हो त्यो गर्दैन, तर यता बडो चर्काे स्वरमा जनतातिर फर्किएर सस्तो लोकप्रियताका लागि ‘अन्टसन्ट’ कुर्लिन्छ, अनि यसरी हाम्रो राष्ट्रियता बलियो हुन्छ ? 

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले भारतसँग हामीले गर्नुपर्ने प्रमुख कामलाई ओझेलमा पर्ने र विषयलाई अन्यत्रै हल्का रुपमा विषयान्तर गर्ने मात्र काम हुन्छ– उनले भने । 
डा.महतले भने– हेर्नुहोस् सरकारले नयाँ नक्सा जारी गर्यो त्यसलाई देशका सबै राजनीतिक शक्तिहरुले संविधान नै संशोधन गरेर साथ दियो । यसको अर्थ के हो भने अब वार्ताका माध्यमबाट छिमेकीसँगको सम्बन्धलाई कायम राख्दै हाम्रो भूमि फिर्ता ल्याउनका लागि सरकारलाई देशले नै म्याण्डेट दिएको हो नि ! खोइ त उहाँहरुले कमसेकम वार्ताको टेबलमा बस्न सकेको ? वार्ताको वातावरण बनाउने काम सरकारको होइन ? अनि त्यत्रो राष्ट्रिय जिम्मेवारीको कामलाई पन्छाएर अप्रमाणित र विवाद मात्र बढाउने अभिव्यक्ति दिँदै हिँड्ने र झन् परिस्थितिलाई जटिल बनाउने ? देशका लागि गर्नैपर्ने कामलाई छायाँमा पार्ने ? 

यसरी एकातिर मुख्य जिम्मेवारी छ अनि अर्काेतिर स्वयं देशको कार्यकारी प्रमुखजस्तो व्यक्तिले ‘भए होस् नभए नहोस्’ भन्ने पाराले जस्तो पनि बोल्दै हिँड्ने गरेपछि वातावरण कसले बनाइदिन्छ ? वार्तामा बस्न सक्ने वातावरण नै बनाउन नसक्नु के यो सरकारको असफलता होइन ? उनले प्रश्न गरे । डा.महतले नेपालको परराष्ट्र नीतिलाई बलियो बनाउने काममा यो सरकार मात्र होइन नेकपा नै पूर्णत असफल भएको टिप्पणी गरे । 

डा.महतले कोरोनाको महामारीले जनता आक्रान्त भएको, अर्थतन्त्र निकै अप्ठेरो अवस्थामा पुगेको र जनताको जीविकाका आधारहरु भत्किँदै गएको अहिलेको अवस्थामा सरकार भने सत्ता टिकाउने खेलमा मात्र व्यस्त रहेको बताए । 

उनले भने– महामारी तथा राष्ट्रि विपत्तिको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा वर्तमान सरकारले विगतमा महाभूकम्पको बेलामा काँग्रेसको सरकारले गरेको कामबाट सिकोस् । तर अहिले भने सरकारले जनतालाई राहात दिने क्रममा पनि स्थानीय सरकारमा काँग्रेसले जितेको छ कि त्यहाँ नेकपाको जनप्रतिनिधि छ भनेर राजनीति पूर्वाग्रहका आधारमा दिने गरेको बताए । 
कोरोना महामारीको अनुगमनका लागि काँग्रेसद्धारा गठित कोभिड १९ अनुगमन समितिका संयोजक डा.महतले महामारीको नियन्त्रण र रोकथामका लागि सरकार पूर्णत असफल भएको र त्यो कुरा देशैभरिका नेपालीले थाहा पाएको बताए । 

उनले भने– महामारीबाट देशलाई बचाउन र नागरिकलाई सहयोग गर्न यो सरकार पूर्णत असफल भइसकेको छ, सरकार जनताका अप्ठेराहरुमा बेखबर छ, सरकारले लकडाउनबाहेक यस विषयमा केही गर्न सकेको छैन । देशमा कोरोनाको महामारी त घट्दै गएको छ नि भन्ने एक प्रश्नमा डा.महतले यो सरकारले दैनिक कम्तीमा १० हजार पीसीआर टेष्ट गर्ने भनेको तर त्यसको आधा पनि नगरेकोले यो अवस्था देखिएको मात्र हो भने ।