२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति निवास शीतल निवासमा आज एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको छ ।

परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आआफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरु सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरुपमा नेपाली समुदायमा पु(याउन इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गर्नुभयो । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साताको बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण सुरु भएको छ भने आइतवार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुन थालेको छ ।

इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्न फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई यी रियालिटी शोले मूर्तरुप दिइरहेको जानकारी दिनुभयो । विश्वका ६० देशमा बस्ने नेपालीहरु यी कार्यक्रमहरुसँग जोडिएको र २३ देशका नेपाली प्रतिभाहरु नेपाल ल्याइएको उहाँले बताउनुभयो ।