१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

नीति तथा कार्यक्रम राष्ट्रको भावी यात्राको नक्शा होः सांसद कार्की

नीति तथा कार्यक्रम राष्ट्रको भावी यात्राको नक्शा होः सांसद कार्की
अ अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शासमेत भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यो सरकार मुलुकको विकास र समृद्धिका लागि निर्माण भएकाले नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता समेटिएको दाबी गर्नुभयो । संसदको दुई ठूला दल मिलेर गठन भएको सरकार आग्रह, पूर्वाग्रह र प्रतिशोधले ग्रसित नभएको सांसद कार्कीले स्पष्ट पार्नुभयो । उहाँले मुलुकका हरेक नागरिकका साथै हिमाल, पहाड र मधेसमा बस्ने जनताले प्रत्यक्ष रुपले अनुभुत गर्ने विकासको आवश्यकतामा जोड दिनुभयो । उहाँले मुलुकमा केही हुँदैन भन्ने भाष्य संगठित रुपले अघि बढाउने प्रयास भइरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति कार्यक्रम केवल सरकारको औपचारिक दस्तावेज होइन । यो राष्ट्रको भावी यात्राको नक्शा हो । यसले सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिवद्धतालाई जनाउँदछ । यो सरकार यो संसदको सबैभन्दा ठूलो पहिलो र दोस्रो दल मिलेर बनेको सरकार हो । र यो सरकार मुलुकको विकास र समृद्धिका लागि बनेको निर्माण भएको हो । यो सरकार कसैलाई भ्रम नहोस आग्रह पूर्वाग्रह र प्रतिशोधले ग्रसित भएर त्यसअनुसारको व्यवहार गर्नका निमित्त गठन भएको होइन । यो सरकारले अहिलेको मुलुकको वास्तविकतालाई र वर्तमान आवश्यकताअनुसार नीति र कार्यक्रम प्रश्तुत गरेको छ । र यो सरकारको साझेदार दलको सदस्यको हैसियतले यो नीति र कार्यक्रमको समर्थन गर्न चाहन्छु ।’

‘अहिलेको आवश्यकता दिगो आर्थिक विकास, सन्तुलित आर्थिक विकास, अहिलेको विकास केवल दस्तावेजमा होइन, केवल नारामा होइन, अहिलेको विकास यो देशका हरेक जातजातिले, हरेक भाषाभाषिले हरेक क्षेत्र चाहे त्यो मधेश होस्, हिमाल होस् या पहाड होस् त्यहाँ बस्ने जनताले प्रत्यक्ष रुपले अनुभुत गर्ने विकास अहिलेको आवश्यकता हो । त्यो विकासका निमित्त सरकारले पाएको अवसरलाई जनताको आकांक्षाअनुसार, जनताको भावनाअनुसार त्यो विकासलाई प्राथमिकताका आधारमा चरणबद्ध रुपमा अगाडि बढाउनु पर्दछ । अहिले एउटा चिन्ताको विषय छ, एउटा भास्य निर्माण गर्न खोजिएको छ– यो मुलुकमा अँध्यारै अँध्यारो छ, अप्ठ्यारै अप्ठ्यारो छ, यो मुलुकको भविष्य छैन, यो मुलुकमा केही भएन, यो मुलुकमा केही हुनसक्दैन भन्ने निराशाको भाष्य संगठित रुपले अगाडि बढाउने प्रयास भएको छ । यो एक किसिमको कुठाराघात नै हो । यसले मुलुकलाई कहीँ पु¥याउन सक्दैनौं । यतिबेला ग्राइण्ड डिजाइनअन्तर्गत लोकप्रियताबादतर्फ मुलुकको राजनीतिलाई उन्मुख गर्न खोजिएको छ । यो मुलुकको भविष्य उज्ज्वल छ, र यो मुलुक यही पद्धति जसलाई हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेका छौं ।’

उहाँले मुलुक यतिबेला ग्राइण्ड डिजाइनअन्तगर्त लोकप्रियताबादको राजनीतितर्फ उन्मुख गर्न खोजिएको आरोप लगाउनु भयो ।