२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै



अ+ अ-

भादगाउँ । यहाँको प्रसिद्घ बिस्का जात्राको चौथो दिन आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिद्यः (हात नभएको लिङ्गो) ठड्याइएको छ ।

त्यसैगरी आज साँझ यसीँख्यमा ५५ हात लामो योसिद्यः ठड्याइँदै छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने   योसिद्यःकोे टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिन्छ ।

प्रत्येक वर्ष चैत्र मसान्तका दिन  योसिद्यः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्राअन्तर्गत योसिद्यःको जात्रा सम्पन्न हुन्छ । योसिद्यःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ । रासस