१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन

खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

आईतवार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको बताउनु भयो । उहाँले विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताउनु भयो । उहाँले कर्मचारी हकतिका लागि विनियमावलीमा संशोधनको आवश्यकता देखिए थप्नुपर्ने सेवा सुविधाका बारेमा जानकारी दिन आग्रह गर्नुभयो । नियम कानूनअनुसार कर्मचारीहरुको हकहितका लागि विनियमावलीमा संशोधन वा थप्नुपर्ने कुरा भए आफू तयार रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मैले तपाईहरुको हकहितका लागि कर्मचारी सेवा शर्त विनियमावली २०८१ लागू गरेका छु । र यसलाई तपाईहरुले कार्यान्यवन गरेर अगाडि बढ्नुस् । नेपाल सरकारको नियम कानून ऐनबारे हामीहरु अवगत नै छौँ । करारको हकमा के भनेको छ रु स्थानीयको हकमा के बोलेको छ रु करारको हकमा के बोलेको छ तपाईलाई अवगत नै छ । तपाईहरुलाई लाग्छ कि करार कर्मचारीको हकहितमा कुनै कमजोरी छ कि भनेर पढौँ र फेरि बसौँ । मन्त्री र सचिवको ध्यानाकर्षण गरौँ कि कानूनमा कति थप्न सकिन्छ । कानूनविपरित त न म जानसक्छु न तपाईहरु । कानूनसम्मत हुने कुरामा म तपाईको साथमा छु ।’

नेपाल खोनपानी संस्थानका महाप्रवन्धक इन्जिनियर अर्जुनबाबु ढकालले सात वर्षसम्म विनियमावली स्वीकृत नहुँदा संविधानले दिएको खानेपानीको उपभोगसम्बन्धि मौलिक हकको सेवामै समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले विनियमावलीको अभावमा रिक्त पदमा कर्मचारी पदपूर्ति तथा कर्मचारीको वृत्ति विकासमा समेत समस्या उत्पन्न भएको बताउनु भयो । सरकारको ५० प्रतिशत भन्दा बढी शेयर भएको संस्थामा लोकसोवा आयोगबाट पदपूर्र्ति गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘खानेपानी संस्थानको कर्मचरी सेवा शर्त विनियमावली जब नेपालको संविधान २०७२ जारी भयो त्यसपछि संविधानमै उल्लेख भए अनुसार संगठित संस्था जसमा नेपाल सरकारको ५० प्रतिशत भन्दा बढी शेयर लगानी छ स्वामित्व छ त्यो सेवमा लोकसेवाबाट पदपूर्ति हुने संविधानमै उल्लेख गरेको विषय थियो । त्यसपछि एकपटकका लागि विज्ञापन गर्ने र त्यसपछि संविधानमा उल्लेख भए अनुसार संशोधन गरेर अगाडि बढ्न पर्ने भन्ने प्रावधान अनुसार एकपटक विज्ञापन सम्बन्धी कामकारबाही भयो र त्यसपछि विनियमावली सात वर्षसम्म मन्त्रालयबाट स्वीकृति नहुँदा पदपूर्तिदेखि वृत्ति विकास ठप्प भएको अवस्था थियो । अहिले मान्य मन्त्रीज्युको स्वीकृतिबाट विनियमावली स्वीकृत भएको छ । संविधानले दिएको मौलिक हक पानीको उपयोगको सेवामै अप्ठ्यारो परेको अनुभुत हामीलाई भएको छ ।’

कार्यक्रममा विगत २०७३ सालदेखि विनियमावली नहुँदा कर्मचारी पदपूर्ति हुन नसकेको र सार्वजनिक सेवामा समेत असर पुगिरहेको जानकारी दिइएको थियो । विनियमाली कार्यान्वयनमा आएसँगै रिक्त दरबन्दीमा कर्मचारी नियुक्तिको बाटो खुलेको छ ।